मध्यपुर अस्पतालले आइपीओ निस्काशन गर्ने, साधारण सभाबाट प्रस्ताव पारित गरिदै

काठमाडौं। मध्यपुर अस्पताल लिमिटेडले आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गतेका लागि तय साधारण सभामा ५ वटा सामान्य र ३ वटा विशेष प्रस्ताव पेस गर्दैछ।

साधारण सभाबाट सेयर निष्कासनको प्रस्ताव पारित भएपछि कम्पनीको सञ्चालक समितिले निष्कासनको बाँकी प्रक्रिया अगाडि बढाउनेछ।
मध्यपुर अस्पताल १५ बर्ष पहिले भक्तपुरको ठिमी मा खोलिएको अस्पताल हो ।