ह्याचरी उद्योग संघमा नयाँ नेतृत्व

नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । आज काठमाडौंमा भएको निर्वाचनमा राजेन्द्र लामिछाने अध्यक्षमा निर्वाचित भए । नयाँ कार्यसमितिमा सचिब बाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो। सचिब पदमा भने विवेक भट्ट ४२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बलराम किसी, प्रथम उपाध्यक्षमा बलराम सन्जेल र द्वितीय उपाध्यक्षमा ज्ञान बहादुर विसुराल चयन भएका छन् ।

महासचिवमा नवराज पौडेल, कोषाध्यक्षमा परशुराम अधिकारी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा रिजवान अहमद, नारायण गिरी, कपिल बाबू खनाल, हरिकृष्ण खनाल, मोतीप्रसाद पौडेल, बोधराज निरौला र विष्णु प्रसाद रिमाल निर्वाचित भएका हुन्।