अण्डाको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य हिजो माघ ५ गतेबाट लागु हुने गरी घटाएको छ । संघको बैैठकले चितवनलाई आधार मानी अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

संघका सचिब मदन पोखरेलको अनुसार ५ गतेबाट एक्सेल अण्डाको प्रतिक्रेट मूल्य ४८० पर्नेछ । ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४६५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको प्रतिक्रेट मूल्य ४४५ पर्नेछ। मङ्सिर २२ गते संघले अण्डाको मूल्य क्रमश: ५८०, ५६५ र ५५० प्रतिक्रेट गरेको थियो ।

अण्डाको मुल्यमा भारी गिरावट हुँदा उपभोक्तालाई राहत हुने भएता पनि किसानहरुलाई भने भार पर्ने भएको छ । संघले पुस महिना सम्म प्रत्यक हप्ता जसो मुल्यमा हेरफेर गरिरहेको थियो ।