पाकिस्तानले विश्वकप खेल्ने, भारतसँगको प्रतिस्पर्धा बहिष्कार गर्ने

आगामी साताबाट सुरु हुन लागेको टी–२० विश्वकपमा पाकिस्तानले भारतसँगको खेल नखेल्ने भएको छ। पाकिस्तान सरकारले विश्वकपमा भाग लिने, तर भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको हो।

विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा छन्। समूह चरणमा भारत र पाकिस्तानको खेल १५ फेब्रुअरीमा छ। पाकिस्तानले विश्वकपमा भाग लिने–नलिने विषयमा अन्योल रहँदै आएको थियो। जसमा आइतबार विश्वकपमा भाग लिने, तर भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको हो।

यसअघि दुई देशबिचको सम्बन्ध चिसिएका कारण बंगलादेशले पनि भारतमा नखेल्ने निर्णय गरेको थियो।