रुखको हाँगोले लागेर मृत्यु

असोज १८, इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए ।

काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।