कालिका मावि फिदिम-२ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु

असोज, १८ पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–२ साम्दिनमा रहेको श्री कालिका माध्यमिक विद्यालयले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।

निजी विद्यायलमा मात्र आफ्ना बालबच्चा लैजाने परम्परा तोड्नका लागि कालिका माविले पनि नयाँ शैक्षिक सत्र २०७७ बाट अंग्रेजी माध्यबाट पठपाठन सुरु गरिएको विद्यालयका शिक्षक चन्द्र मुखियाले जानकारी दिए ।

अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गराउने भएपछि शिक्षकहरु प्रतिबद्धता पत्रसहित अभिभावकका घर–घरमा पुगेर आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गर्न थालेका छन् ।

विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले अंग्रेजी माध्यमबाट पठपाठ गराउन प्रतिबद्धता गरेको वि.व्य.सका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

विद्यालयमा कक्षा नर्सरी देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको विद्यालका प्रधानाध्यापक कृष्णराज पौड्यालले बताए । श्रव्य दृष्य सामाग्रीका साथ आधुनिक प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

विद्यालयमा अग्रेजी माध्यम सुरु भएपछि शैक्षिक जनसक्ति व्यवस्थापनका लागि वडा कार्यालयमा माग गर्ने तयारी भएको विद्यालयले जनाएको छ । जनसक्ति थप गर्नका लागि वडाअध्यक्ष सुकपाल तुम्बापोले पनि प्रतिबद्धता जनाएका छन् ।