उपत्यकामा थपिए १ हजार ५९९ कोरोना संक्रमित

असोज, १८ काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार उपत्यकामा १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका गरी थप १ हजार ५ सय ९९ जना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार ३ सय ७३ जना छन् । यस्तै, ललितपुर जिल्लाका १ सय ८७ र भक्तपुर जिल्लाका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।