असोज, १९ काठमाडौं । विभिन्न माग राखेर सत्याग्रहमा बसेको प्रा डा गोविन्द केसीको स्वास्थ्य जटिल भएको छ ।
२२ दिन देखि अनसन बसेका केसीको वास्थ्यअवस्था गम्भिर बन्दै गएको अस्पताललले जनाएको छ । आइतबार एक बुलेटिन सार्वजनि गर्दे अस्पतालले उक्त विषयको जानकारी गराएको हो ।
केसीको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा.केसीको रगतमा अक्सिजनको मात्र निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ ।
साथै केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको र सुगरको मात्रा पनि कम भएको जनाइएको छ ।
अस्पतालले डा।केसीको अवस्था थप नाजुक हुँदै गएको जे पनि हुनसक्जे चेतावनी दिएको छ । स्वास्थ्यअवस्था निकै नाजुक हुँदै गएपनि डा. केसीले आफ्ना मागहरु पुरा नभएसम्म उपचार गर्न इन्कार गर्दै आएका छन् ।








