असोज १९, काठमाडौं ।
सर्वोच्च अदालतका १६ न्यायाधीश कोरोनाका जोखिमका कारण होम क्वारेन्टाइनमा बसेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित केही कर्मचारी समेत क्वारेन्टाइनमा बसेका छन् ।
सोमबार केवल दुई न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् । यसै कारण आज एउटा एकल र एउटा संयुक्त इजलास मात्र तोकिएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्र अदालतमा उपस्थित भएका छन् ।
जम्मा १९ न्यायाधीशमा एक जनालाई कोरोना देखिएपछि अन्य पनि सँगै इजलासमा बसेका कारण क्वारेन्टाइनमा बसेका हुन् । केही दिन अघि कर्मचारी र अधिकांश न्यायाधीश एउटा बैठकमा सँगै बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेपछि स्वाब परीक्षण गरी काममा फर्किने तयारी रहेको बताइएको छ ।






