असोज १९, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको जनाएको छ । दुई हजार दुई सय ४० मा संक्रमण देखिएको हो ।
सोमबार पत्रकार सम्मेलनमा मन्त्रलयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका तीनै जिल्लामा गरी एक हजार पाँच सय ३१ जनामा संक्रमण पुष्टि भएको बताए ।
यसैगरी पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या पाँच सय ५४ पुगेको छ । यस अवधिमा एक हजार एक सय ३३ जना संक्रमणमुक्त भएका छन् ।
गत भदौ २४ यता प्रत्येक दिन दुई हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । हाल देशभरमा २३ हजार पाँच सय सात जना सक्रिय संक्रमित छन् ।







