असोज १९, नवलपरासी ।
हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको छ । (रासस)







