असोज २०, काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले विश्वको कूल जनसंख्याको १० प्रतिशत मानिस कोरोनाबाट संक्रमित हुनसक्ने बताएको छ ।
विश्वमा १० जना बराबर १ जना संक्रमित हुने सम्भावना देखिएको संगठनले जनाएको छ । हाल विश्वको जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्लूएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।
पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको डब्लूएचओले जनाएको छ । तर युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र आसपास यसबाट मृत्यु हुनेको संख्यो धेरै देखिएको छ । (एजेन्सी)







