मासु पसललाई जरिवाना

२१ जेठ, नेपालगन्ज । बजार अनुगमन टोलीले नेपालगन्ज धम्बोझीका दुई मासु पसललाई, बासी मासु मेचेवापत, नगद जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अगुवाइमा संयुक्त बजार अनुगमन टोलीले सगरमाथा मासु एण्ड पोल्ट्री सप्लायर्स र हाम्रो फ्रेस हाउसलाई जरिवाना गरेको हो ।

कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालका अनुसार बिक्रीका लागि बासी मासु राखेको तथा बिल र तौलकाँटा दुरुस्त नभएकाले रु २०–२० हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले हाम्रो पसलमा रहेको २५ किलो बासी मासुसमेत नष्ट गरेको छ । यसैगरी अनुगमन टोलीले नेपालगञ्जका अन्य स्थानका विभिन्न मासु पसलको पनि अनुगमन गरी मापदण्ड विपरीत मासु बिक्री नगर्न निर्देशन दिइएको जनाएको छ ।