काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रूपमा चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो। सांसद रमेश मल्लका अनुसार बैठकले सर्वसम्मत निर्णयमार्फत ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको हो।
यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जित्दै संसदमा आफ्नो उपस्थिति सुनिश्चित गरेको थियो।







