२१ जेठ वीरगञ्ज । औद्योगिक समुह निम्बसले कोरोना महामारीको अवस्थामा पर्साका पत्रकारहरुलाई सहयोग स्वरुप आफनो उत्पादन उपलब्ध गराएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निम्बस ग्रुपका प्रवन्धक प्रकाश बैठाले पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीलाई सहयोग सामाग्री हस्तान्तरण गरे।
निम्बस ग्रुपको व्यंजन ब्राण्डमा उत्पादित तथा बितरित दाल, तेल, स्वायबिन ,मास्क लगायतका समाग्री भएको ४० थान सामग्री पत्रकार महासंघलाई हस्तनान्तरण गरिएको थियो ।
महासंघले आजै सो सामानहरु पत्रकारहरुलाई प्रदान गरेको कार्यवाहक अध्यक्ष तिवारीले जानकारी दिए ।







