काठमाडौं, जेठ २२ । मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे बस्दै छ । मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा विज्ञहरुसँग परामर्श गरेका थिए ।
चैत ११ देखि देशभर लागू लकडाउन पछिल्लो समय थपिएको अवधिअनुसार यही जेठ ३२ गते सकिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव पनि आजको मन्त्रिपरिषदमा छलफल हुनेछ ।







