काठमाडौं, जेठ २२ । सरकारले अति आवश्यकबाहेक अन्य पसल खुलाउने अनुमति नदिए पनि काठमाडौंका व्यापारीहरूले सबै प्रकारका पसलहरू खुला गरेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार गरेको निर्णयपछि सबैले पसलहरू आजबाट खुला गरेको महासंघका उपाध्यक्ष मनोज बाबु श्रेष्ठले बताए । न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला भएका छन् ।
जिल्ला प्रशासन कार्यलयमा थप सहजीकरणको लागी भएको बार्ता सकारत्मक रुपमा सम्पन्न भएको उपाध्यक्ष मनोज बाबु श्रेष्ठले जानकारी दिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पसल खुलेको विषयमा उच्चस्तरीय समितिलाई जानकारी गराउने निर्णय भएको बताए ।








