काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री पदमा चयन गर्ने निर्णय गरेको छ।पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
पार्टीभित्रको संरचनागत व्यवस्थाअनुसार शाहलाई शीर्ष नेतृत्वको सिफारिसमा उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
शाह यसअघि काठमाडौँ महानगरपालिकामा बालेन शाह मेयर रहेका बेला प्रमुख स्वकीय सचिवको रूपमा कार्यरत थिए।







