काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने बताएका छन् ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।
राजीनामाबारे उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
सो क्रममा उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरू को कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’
प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।
गुरुङ स्वार्थको द्वन्द्व नहोस् भनेर आफूले पदबाट राजीनामा दिएको पनि उल्लेख गरेका छन् । साथै, आफूमाथि निष्पक्ष छानबिन गर्न पनि उनको माग छ ।






