२५ सहसचिवको सरुवा, गण्डकीको कृषि सचिवमा डा. प्रेरणा सेढाईं भट्टराई

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको छ । सरकारले २५ जना सहसचिवको सरुवा गरेको हो । 

सरुवामा २० जना प्रदेश सचिवको फेरबदल गरिएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह का निजी सचिव तोकिएका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राखिएको छ।

त्यस्तै, डा. प्रेरणा सेढाईं भट्टराईलाई गण्डकी प्रदेशअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। हाल उनी पशु सेवा विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिइन्।