आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदै छन् ।