सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ – सप्तरीमा जगंली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर-६ मोहनपुर बस्ने ६६ वर्षीय यज्ञश्वर निरौलाको मृत्यु भएको हो ।

आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।

निरौलाको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।