यूएईले दियो ओमानलाई २६९ रनको लक्ष्य

काठमाडौं – आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ एकदिवसीयमा यूएईले ओमानलाई २६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको यूएईले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २६८ रन बनाएको हो ।

यूएईका लागि आर्यान्श शर्माले शतकीय तथा अदिब उस्मानी र हरप्रित सिंहले अर्धशतकीय पारी खेले ।आर्यान्शले १२५ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १०५ रन बनाए । उनले अदिबसँग पहिलो विकेटका लागि १६३ रनको साझेदारी गरे ।

अदिबले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६४ रन जोडे । हरप्रित ५८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन जोडे ।

यूएईका लागि शाह फैसलले ३ विकेट लिए । सिद्धार्थ बुकापटनमले २ तथा शकिल अहमदले १ विकेट लिए ।

टस जितेर ओमानले पहिले फिल्डिङ रोजेको हो ।