काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालय दलको नेता चयन गर्नका लागि बैठक बसिरहेको हो ।
बैठकमा सभापति गगन थापा समेत सहभागी भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पल्ट संसदीय दलको कार्यालय पुगेका हुन् ।
उनलाई सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’, सदस्य तथा केन्द्रीय सदस्य मुना भुसाल र कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले स्वागत गरेका थिए ।
आजको संसदीय दलको बैठक दलको नेता चयन गर्ने छ । संसदीय दलको बैठक बस्नुअघि काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको थियो ।







