रासायनिक मल वितरण सहज हुने, मन्त्री चौधरीद्वारा  कार्यविधि संशोधन

काठमाडौं। किसानलाई रासायनिक मलमा सहज पहुँच पुर्याउन कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कार्याविधि ल्याएकी छन्। 

मन्त्री चौधरीले वैशाख १६ गते ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ दोस्रो संशोधन स्वीकृत गरेकी हुन्।

यो कार्यविधिमार्फत अब किसानलाई सहजरुपमा रासायनिक मल उपलब्ध हुनेछ। उक्त कार्यविधिअनुसार मलको आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा प्रभावकारी हुनेछ।

उक्त कार्याविधि कार्यान्वयनमा ल्याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै खाद्य सुरक्षा सुदृढ गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने मन्त्री चौधरीको विश्वास छ।