के छ सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन अध्यादेशमा नयाँ व्यवस्था ?

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ ।

उक्त अध्यादेशमार्फत मनी लाउण्डरिङसँग सम्बन्धित कसुर, अनुसन्धान तथा अभियोजन प्रक्रियासम्बन्धी प्रावधानहरू परिमार्जन गरिएको हो ।

अध्यादेशले विद्यमान ऐनका विभिन्न दफामा संशोधन गर्दै गैरकानुनी सम्पत्ति आर्जन, वित्तीय अपराध तथा अन्तरदेशीय आर्थिक कारोबारसँग जोडिएका विषयमा अनुसन्धानको दायरा स्पष्ट पार्ने व्यवस्था गरेको छ ।