सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७५ रुपैयाँले बढेर तोलामा पाँच हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।