काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन भएको छ।
विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः पुगेका छन्। चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठको कार्यकाल तीन वर्ष रहने छ।
यसपटकको निर्वाचनमा जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए। वस्तुगततर्फ एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए। एसोसिएटतर्फ एक उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भए।
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन्। जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भए।
प्रदेशतर्फ जिल्ला, नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन्। कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन्। गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन्।
गत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन्। अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भए। वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन्। वस्तुगत महासंघबाट कार्यसमिति सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भए।
एसोसिएटतर्फ १७ कार्यसमिति सदस्यमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन्। एसोसिएट महिलामा अभिज्ञा मल्ल र जुना माथेमा छानिए। द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल विजयी भए। संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ कार्यसमिति सदस्य भए।







