अण्डाको मूल्य बढ्यो

काठमाडौँ – नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन फार्म बिक्री मूल्य बढाएको घोषणा गरेको छ। संघको भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूसँग गरिएको विस्तृत छलफलपछि कार्यसमितिको निर्णय अनुसार नयाँ मूल्य आज (बैशाख २४, २०८३) देखि लागू गरिएको हो।

संघका सचिव मदन पोखरेलका अनुसार बजारमा बढ्दो उत्पादन लागत, दानाको मूल्य वृद्धि र किसानको समस्यालाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो।

नयाँ निर्धारण अनुसार फार्म बिक्री मूल्य यसप्रकार रहेको छः

एक्सएल (XL) अण्डा: प्रति क्रेट रु ४६५

ठूलो अण्डा: प्रति क्रेट रु ४५०

मिडियम अण्डा: प्रति क्रेट रु ४००

सानो अण्डा: प्रति पेटी रु २३००

संघले सबै सम्बन्धित व्यवसायी तथा वितरकलाई तोकिएको मूल्य अनुसार अण्डा बिक्री–वितरण गर्न आग्रह गरेको छ।
किसानहरूले यो निर्णयले उत्पादन लागत धान्न र व्यवसाय टिकाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, उपभोक्ता बजारमा पनि यसको प्रभाव देखिने अपेक्षा गरिएको छ।