काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्।
उनीहरु परराष्ट्र मन्त्रालयको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा उनीबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







