सन्दीप जोराको शतकको मदतमा नेपाल ‘ए’ ले अमेरिकालाई २६५ रनको लक्ष्य

काठमाडौँ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकासामु २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ‘ए’ ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६४ रनमा समेटिएको हो।

टोलीका लागि प्रमुख प्रदर्शन मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले गरेका थिए। उनले ११५ बलको सामना गर्दै १११ रनको उत्कृष्ट शतकीय पारी खेले।

अन्य ब्याट्सम्यानमध्ये बशीर अहमदले ३८ रन, मयन यादवले २४ रन, पवन सर्राफले २० रन तथा नारायण जोशीले १६ रनको योगदान दिएका थिए।

नेपाल ‘ए’ले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदै अब अमेरिकाले जितका लागि २६५ रन बनाउनुपर्ने छ। अमेरिका अहिले जवाफी व्याटीङ गरिरहेको छ ।