काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतंक देखाएर सरकारले डोजर चलाएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए।
उनले भने, ‘डोजर आतंक देखाइएकै कारण इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’
उनले सरकारले ल्याएको अध्यादेशदेखि प्रधानन्यायाधीश नियुक्तिको विरोध जनाए। सरकार निरङ्कुश बन्दै अघि बढेको आरोप लगाए।







