प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित भएको छ।

४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

साेमबारकाे बैठकमा सरकारले जारी गरेका ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।