प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल

काठमाडौँ – सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् ।

सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाइ राख्न समय दिएका थिए ।

सभामुखको समय पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले पुन नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । साथै उनले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।