काठमाडौं – कीर्तिपुरमा दिउँसै विपिन घिमिरेको हत्या घटनाका मुख्य अभियुक्तलाई पक्राउपछि अस्पताल लगिएको छ । मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले बिहीबार गोली चलाएर पक्राउ गरेको थियो ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी फरार हुन खोजेका थिए । त्यसपछि प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो । पक्राउपछि घाइते अवस्थामा रहेका शाहीलाई प्रहरीले बल्खुको बयोधा अस्पतालमा लगेको छ ।







