निजामती अस्पतालमा शुक्रबारदेखि बिरामीलाई नि:शुल्क खाना वितरण हुने 

काठमाडौं – नयाँ बानेश्वरस्थित निजामती अस्पतालले शुक्रबारदेखि बिरामीलाई नि:शुल्क खाना वितरण गर्ने भएको छ। अन्तरंग विभागमा भर्ना हुने बिरामीलाई नि:शुल्क खाना वितरण गरिने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ। 

यसअघि वीर अस्पतालले यसरी बिरामीलाई नि:शुल्क खाना वितरण गर्दै आएको छ।