कृषि तथा वन विज्ञान विश्वविद्यालयको निमित्त उपकुलपतिमा होमबहादुर बस्नेत नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कृषि तथा वन विज्ञान विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा होमबहादुर बस्नेतलाई निमित्त उपकुलपतिमा नियुक्त गरेका छन् ।

डा.बस्नेत यसअघि विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय का पूर्व डीनको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनी हाल सोही विश्वविद्यालयअन्तर्गत पशुविज्ञान संकायमा माइक्रोबायोलोजी विषयका प्राध्यापकका रूपमा कार्यरत छन्।

शैक्षिक योगदान तथा नेतृत्व क्षमताका आधारमा उनलाई प्रधानमन्त्री शाहले निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् । डा . बस्नेतले कृषि तथा पशु विज्ञान क्षेत्रमा लामो समयदेखि अध्यापन, अनुसन्धान तथा शैक्षिक व्यवस्थापनमा योगदान दिँदै आएका छन्। विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान विस्तार तथा संस्थागत विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।