निजामती कर्मचारी अस्पताल मा नियमित मर्मत सम्भार कार्यका कारण केही समयदेखि अवरुद्ध रहेको बोन म्यारो ट्रानसप्लान्ट प्रत्यारोपण (Bone Marrow Transplant) सेवा पुनः सञ्चालनमा आउने भएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार उक्त सेवा आगामी २०८३ साल जेठ ३ गते आइतबारदेखि पुनः सुचारु गरिनेछ।
अस्पताल प्रशासनले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै अब सेवा नियमित रूपमा उपलब्ध गराइने जनाएको छ। साथै बोन म्यारो ट्रानसप्लान्ट प्रत्यारोपण सेवासम्बन्धी थप जानकारीका लागि अस्पतालसँग सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।







