मन्त्रालयबाट पशुपन्छी गायब पारिएको भन्दै भेटेरिनरी एशोसिएसनको आपत्ति

काठमाडौं । सरकारले मन्त्रालयहरूको पुनर्संरचना गरेको विषयमा नेपाल भेटेरिनरी एशाेसिएसनले आपत्ति जनाएको छ ।

देशको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र पोषण सुरक्षाको आधारस्तम्भ पशुपन्छी क्षेत्रलाई उपेक्षा गरी कृषि, वान तथा पर्यावरण नामकरण गरिएको भन्दै एशोसिएसनले आपत्ति जनाएको हो ।

पशुपन्छी क्षेत्रलाई उपेक्षा गर्दै अस्तित्व नै मेट्न खोजिनु राज्यको चरम अदूरदर्शिता र नीतिगत विचलनको पराकाष्ठा भएको एशोसिएसनको ठहर छ ।

दूध, मासु, अण्डा र माछामा मुलुकलाई आत्मनिर्भरतातर्फ डोऱ्याउँदै लाखौँ किसानको जीविकोपार्जन सुनिश्चित गर्ने यस संवेदनशील एवं प्राविधिक क्षेत्रलाई सरकारी पहिचानबाटै गायब पारिनु दु:खद भएको एशोसिएसनका अध्यक्ष डा‍ केदार सुवेदीले बताए ।