झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा ईलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलिले ५ सय ७० ग्राम सुन तथा बिदेशी मुद्रा सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षिय परम पाठकलाई उल्लेखित सुन तथा मुद्रा सहित नियन्त्रणमा लिईएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्राण्डको मोवाईल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिमकार्ड ७ वटा समेत बरामद भएकोे छ ।
नियन्त्रणमा लिईएका उनलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाईएको छ । उनी कुन प्रयोजनका लागि नेपाल प्रबेश गरेका हुन् भन्ने खुलेको छैन ।







