आगामी वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गरिने

काठमाडौं- आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । साथै, उनले पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिको लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको पनि बताए ।