काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्ने भएको हो।
काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे छलफल गरी साझा धारणा बनाइने जनाइएको छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई बोलाएको छ।






