परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए ।