रास्वपा सभापति लामिछानेसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् ।

बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए ।

उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो ।

उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।