उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित

असोज, २७ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा थप २१२९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।