कोरोना : हाल ३५ हजार ९१५ जना उपचाररत, ३०७ जना आईसियु र ६६ जनाको भेन्टिलेटरमा

असोज, २७ काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार हालको अवस्थामा ३५ हजार ९१५ जना कोरोना संक्रमित उपचाररत छन् ।

तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् ।

तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।