मकै र भट्मासको पिनामा लगाइएको कृषि सुधार शुल्क तत्काल घटाउन दाना उद्योग संघको माग

काठमाडौं, जेठ २२ । मकै र भट्मासको पीनामा लगाइएको कृषि सुधार शुल्क तत्काल घटाउन नेपाल दाना उद्योग संघले सरकारसँग आग्रह गरेको छ।

अहिले यो शुल्क बढाएर मकैमा ५% र भटमासको पीनामा ९% कायम गरिएकोले उत्पादन लागत बढ्न गई दानाको मुल्य बढाउन बाध्य हुने हुँदा प्रत्यक्ष रूपमा किसान र उपभोक्तालाई नै मार पर्ने नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरी द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चालु आर्थीक बर्षमा मकै तथा भट्मासको पिनामा कृषि सुधार शुल्क जम्मा १.६ % रही आएको छ ।