जापानसँग बराबरीमा रोकियो नेदरल्यान्ड्स

काठमाडौँ। नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ। डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए। तर, खेल सकिनै लाग्दा ८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए ।