फिफा विश्वकप २०२६ : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो। अर्जेन्टिनाको जितमा सबै गोल कप्तान लियोनल मेसीले गरे। उनले उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

मेसीको यो विश्वकप करिअरको पहिलो ह्याट्रिक हो। योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी समेत गरे। उनले जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान (१६ गोल) बराबरी गरेका हुन्।