काठमाडौं । फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ ।
समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक/एक गोल गरे ।
जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २/२ को बराबरी खेलेको थियो ।अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाट बाहिरिएको छ ।







